सुनसरी , बिहिबार इटहरीमा ब्राजिल र अर्जेन्टिनाका समर्थक बिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । इटहरी स्थित क्षेत्रिय रंगशालामा बिहिबार सम्पन्न सो खेलका अर्जेन्टिनाका समर्थकको टिम बिजयी भएको छ । अर्जेन्टिनाका समर्थकको टिमले ब्राजिलको समर्थकको टिमलाइ २–१ गोल अन्तरले पराजित गरेको छ । रिपोर्टस क्लब सुनसरी र युथ फर सोसियल डेभ्लोपमेन्ट इटहरीले आयोजना गरेको सो खेलमा अर्जेन्टिनाको समर्थक टिमको तर्फबाट प्याब्सन सुनसरी अध्यक्ष सुमित थापाले खेलको १९ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाइ अगाडी बढाए । थापाले थ्रीकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । त्यसको ५ मिनेट बित्न नपाउदै स्मित तामाङले १ गोल गरे । २–० ले पछी परेको ब्राजिल समर्थकका तर्फबाट दीपेन न्यौपानेले सान्तवना १ गोल गरेका थिए । ब्राजिलको समर्थक टिमको क्याप्टेन पत्रकार अर्जुन सुबेदीले गरेका थिए भने अर्जेन्टिनाको समर्थक टिमको कप्तानी पत्रकार धनबाहादुर पुरीले गरेका थिए । प्रतियोगिताले दुवै टिमका समर्थकबिच सद्भाव कायम राख्ने रिपोर्टस क्लबका सुनसरी अध्यक्ष ध्रुव ढकालले बताए ।

 

तपाईको प्रतिक्रिया