इटहरी । पत्रकार तथा साहित्यकार सुविद गुरागाईको पहिलो गजल संग्रह जूनको आगो प्रकाशित भएको छ । पत्रकारितामा पुर्व क्षेत्रमै तिखो कलम भएका पत्रकार भनेर परिचित गुरागाईले यस अघि ट्रक साहित्य नामक पुस्तकको सम्पादन गरेका थिए ।
गुरागाईको संकलन तथा सम्पादनमा प्रकाशित ट्रक साहित्य सडकमा गुडने ट्रकामा लेखिएका सायरी तथा अन्य छोटा सामाग्रीहरु रहेका छन । ट्रक साहित्य गुरागाईले सम्पादन गरेको एक नमूना पुस्तकको रुपमा रुचाइएको थियो । ट्रक साहित्यको सम्पदान गरेका गुरागाईको लेखन रहेको गजल संग्रहमा ८६बटा गजल संग्रहीत रहेका छन । गुरागाईको गजल संग्रह काठमाडौंमा एक कार्यक्रमविच विमोचन गराइएको थियो भने मगंलवार इनरुवामा जूनको आगोका विषयमा इनरुवामा जुनको आगो नामक कार्यक्रमको आयोजना गरी चर्चा गरियो । कार्यक्रममा गुरागाईको लेखकीय पक्षको नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञ उप्रेन्द्र पागल, नाट्य तथा संगितकला प्रतिस्ठानका प्राज्ञ राम धामी , इनरुवा प्रज्ञा प्रतिस्ठानका प्राज्ञ छविनाथ रिजाल, गजलकार सुरेश सुवेदी संघिय संसदका सासंद सिताराम मेहता , इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता , उपप्रमुख जमुना पोखरेल ,नेकपा का नेता खेमराज पोखरेल , विरेन्द्र शाह , धिरज भट्टराई लगायतले चर्चा गरे । गजलकार सुवेदी र प्राज्ञ धामीले गुरागाईका गजलहरु गायर सुनाएका थिए ।

तपाईको प्रतिक्रिया