इटहरी । कृषि क्षेत्रमा भई रहेका अनुसन्धान तथा अनुसन्धान गर्नु पर्ने विषयमा कृषि प्राविधिकहरुलाई लक्षित गरी क्षेत्रीय कृषि प्राविधिक कार्यसमुह गोष्ठी सुनसरीको तरहरामा सम्पन्न भएको छ ।
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको आयोजना रहेको सो प्राविधिक कार्यसमुह गोष्ठीमा क्षेत्रीय कृषि निर्देशनालय विराटनगर , श्रेत्रीय पशु निर्देशनालय र क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले गरेका कार्य तथा अनुसन्धान गर्नु पर्ने विषयमा छलफल गरिएको थियो ।
सो गोष्ठीमा क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरका डाक्टर तेजबहादुर रिजालले पशु पालनका क्षेत्रमा भई रहेका क्षेत्रमा भई रहेका गतिविधि र अनुसन्धान गर्नु पर्ने विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कृषि अनुसन्धान केन्द्र पाख्रीवासका हरिकुमार प्रसाईले केन्द्रले गर्दै आएको अनुसन्धान र अनुसन्धान गर्नु पर्ने विषय समेटिएको प्रस्तुति गरेका थिए ।राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरी , कृषि अनुसान्धान केन्द्र जौवारीका गतिविधिका विषयमा छलफल गरिएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका बैज्ञानिक सन्तोषकुमार त्रिपाठीले जानकारी दिए । गोष्ठीमा वर्षभर गरिएका गतिविधिहरुको समिक्षा सहित अनुसन्धान गर्नु पर्ने विषयमा सहभागीहरु ीवच छलफल गरिने र आगामी दिनमा अनुसन्धान कार्य अघि वढाइने समेत जनाइयो । कार्यक्रम क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका प्रमुख रामवली साह लगायतले कृषि क्षेत्रमा भई रहेका गतिविधि र अनुसन्धानका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया