इटहरि । सुनसरीको इटहरीमा एक नम्बर प्रदेश स्तरिय मेयर कप तेक्वान्दो प्रतियोगिता हुने भएको छ । असार १ गतेबाट प्रतियोगिता सञ्चालन सुरु भई २ गते समापन हुने छ । प्रतियोगितामा प्रदेश नंम्बर एक का १४ वटै जिल्लाका खेलाडिहरुले सहभागिता जनाउने सुनसरि जिल्ला तेक्वान्दो कमिटिका अध्यक्ष कुल बहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ ४५,५०, ५४, ५८ उमेर समूह र महिला ४२,४६,५३,५७ उमेर समूहले सहभागिता जनाउने अध्यक्ष गुरुङले बताए । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशब बिष्टले गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया