इटहरी । राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघले इटहरीमा आयोजना गरेको दीगो विकास लक्ष्यका लागि प्रादेशिकस्तरीय युवाहरुसंगको अन्तरक्रियात्मक छलफल कार्यक्रमआयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी   प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले  उद्घाटनपछि बोल्दै देशको समृद्धि गर्ने क्रममा विकाससँगै विकान पनि सँगै हुने भएकाले समसग्र विकास योजना अघि बढाउँदा बातावरणीय प्रदु्र्षण मुल्याङ्कनमा विशेष ध्यान दिन जरुरी रहेको कुरामा जोड दिएका थिए ।
मन्त्री घिमिरेले देशले नयाँ संविधान प्राप्त गरेर तीन तहको सरकार समेत प्राप्त गरी देशलाई सुखी एवम समृद्ध बनाउने अभियानमा अघि बढिरहेको बर्तमान सन्दर्भमा विकाससँगै त्यसले पार्ने प्रभावका विषयमा पनि घनिभूत रुपमा छलफल र अन्तरक्रिया गर्दै अघि बढ्न सकियो भनेमात्र जलबायु परिवर्तनको असरबाट मानव समुदायलाई सुरक्षित राख्न सकिन्छ भन्ने तर्फ समेत सचेत रहनु पर्नेमा जोड दिए ।
मन्त्री घिमिरेले अहिले प्रदेश र केन्द्रिय सरकार समेत ऐन कानुन बनाउने अवस्थामा रहेकाले युवाहरुले यस विषयमा ब्यापक छलफल गरी निकालिने सकारात्मक निष्कर्ष र ठोस योजनाले ऐन नियम र कानुन बनाउन समेत सकारात्मक सघाउ पुग्ने भएकाले यो विषयमा गम्भीर छलफल हुन जरुरी रहेको बताए ।
गैर सरकारी संस्था महासङ्घका केन्द्रिय अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश उपसभामुख सरस्वती पोख्रेल प्रदेश साँसद जयराम यादव इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, विश्व बन्यजन्तु संरक्षण कोषका प्रतिनिधि एकराज सिग्देल र प्रदेश बन मन्त्रालयका सचिव किशोरचन्द्र गौतम र योशा गुरागाँई लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया