इटहरी । फुटवलको महाकुम्भ मेला विश्वकप फुटवल प्रतियोगिताको मिति जतिजति नजिकीदै आइरहेको छ ,पुर्वी नेपालमा पनि विश्वकपको रोनकता त्यतीनै बढेदै छ । विश्वकप अन्र्गतगका खेलहरु सुरु हुने दिन नजिकीएसंगै पुर्वी नेपालका फुटवल प्रेमीहरुका विभिन्न गतिविधीहरुले विश्वकपको रोनकता बढेको देखिएको हो । फुटवल प्रेमीहरुले आफुले समर्थन गर्ने टिमको जर्सी लगाएर हिड्डुल गर्ने देखि लिएर सवारी साधनहरुमा विश्वकपमा सामेल विभिन्न राष्टहरुको झण्डा राखेर हिड्न थालेका छन ।

विश्वकप फुटवल प्रतियोगिताको मिति नजिकीएसंगै विभिन्न राष्टका जर्सी र झण्डाहरुका माग अधिक हुन थालेको इटहरीका व्यापारी बावुराम सुवेदी वताउछन । चार वर्ष अघि विश्वकप फुटवल प्रतियोगिताको समयमा विभिन्न राष्ट्का १५ झण्डा विक्री भएकोमा यस वर्ष १५ सय भन्दा वढी विक्री भईसकेको र अहिले बजार झण्डाको अभाव भएको उनले जानकारी दिए । जर्सी र झण्डा खरिद गर्न आउनेहरुमा धेरै जसो ग्राहकहरु अर्जेनटिना र ब्राजिलका समर्थकहरु हुने गरेको पाइएको समते सुवेदीले वताए । ब्राजिलको जर्सी खरिद गर्र्न आएका एक जना युवाले आफु ब्राजिलको समर्थक भएको त्यसमा पनि नेयमार मन पर्ने भएकाले जर्सी खोज्न आएपनि आफुले खोजेको जर्सी नपाएको सुनाउछन । जर्सीमै भेटीएकाहरु विश्वकपले पुर्वी नेपाललाई छोइसकेको वताउछन । विश्वकपलाई मध्यनजर गर्दै पुर्वका मुख्य शहरहरुमा प्रोजक्टरबाट सबै खेलहरुको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था समेत होटल तथा खेलप्रेमीहरुले मिलाउने भएका छन । इटहरीमा रहेको ट्रफ स्पोर्टस बारले विश्व कप फुटवल प्रतियोगिताहरु सबै खेल एचडी क्वालिटीमा प्रोजेक्टरबाट प्रशासरण गर्ने जनाएको छ । पुर्वमा अर्जेनटिना,ब्राजिल , जर्मनी र स्पेनका समर्थकहरु धेरै रहेको जर्सी तथा झण्डा विक्रीले देखाएको व्यापारीहरु वताउछन । विश्वकप नजिकीएसंगै पुर्वका बजारहरु विभिन्न साईजका टेलिभिजनहरुको विक्री समेत वढेको व्यापारीहरु वताउछन ।

तपाईको प्रतिक्रिया