इटहरी । पुर्वको प्रमुख शहर इटहरीमा पहिलो पटक फुटसल खेलसंगै सञ्चालन हुदै आएको ट्रफ स्पोर्टस बारमा विश्व कप फुटवल प्रतियोगिताहरु सबै खेल एचडी क्वालीटीमा  प्रोजेक्टरबाट देखाइने भएको छ ।

इटहरी चोक भन्दा दुई किलोमिटर दक्षिणमा रहेको एसडी फुलसल तथा ट्रफ स्पोर्टस बारमा विश्व कप फुटवल अन्र्गगतका सवै खेलहरु विभिन्न परिकार खादै प्रोजेक्टरबाट ठुलो साइजमा देखाउने व्यावस्था मिलाइएको सञ्चालक विष्णु रिजालले जानकारी दिएका हुन । उनले पारिवारीक वातावरणमा फुटवलको मज्जा लिदै विभिन्न देशमा परिकारको स्वाद लिन सक्ने व्यवस्था मिलाएको समेत वताए । फुटवल प्रेमीहरुलाई लक्षित गरी खेल मैत्री ट्रफ स्पोर्टस बारका टेवलमा विभिन्न देशमा झण्डाहरु राखिने समेत जनाइएको छ । आफुले समर्थन गरेको टिमको झण्डा आफनो टेवलमा राखेर प्रत्यक्ष प्रसारण भईरहेको विश्वकप फुटवल हेर्न सकिने व्यवस्था समेत गरिएको छ ।

एक करोड बढीको लगानीमा सञ्चालन गरिदै आएको ट्रफ स्पोर्टस बारमा विश्वका सबै खेलहरु एचडी क्वालीटीमा  देखाइने  भएको छ । व्यवस्थ्यित रुपमा सञ्चालन हुदै आएको खेलकुद मैत्री बारमा विश्वकप फुटवल प्रतियोगिता प्एचडी क्वालीटीमा रोजेक्टरबाट प्रत्यक्ष गर्न सक्ने व्यवस्था मात्र हैन आगामी दिनमा अन्य ठुला प्रतियोगिताहरु समेत यसरी नै प्रोजेक्टरबाट देखाउने व्यवस्था मिलाउने समेत जानकारी दिइयो ।

 

तपाईको प्रतिक्रिया