विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्तमान सरकारले ल्याएको बजेटले देश समृद्धिको बाटो तर्फ जाने बताएका छन् । प्रदेशनंम्बर १ मा उद्योग संघठन मोरंग को स्वार्ण जयन्ती समापन समारोहरलाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् । बर्तमान सरकारले ल्याएको बजेट उद्योगी ब्यावसायीको हक हितमा नरहेको उद्योगी ब्यपारी हरुले बताउँदै आएका थिए । तर ब्यापार घाटामा रहेको अवस्थामा भोट बटुल्ने भन्दा अर्थन्त्रालाई ट्रकमा राखेर बजेट ५ बर्षसम्ममा सहि अर्थतन्त्र बन्ने उनको भनाइ थियो ।
भर्खरै पार्टि एकता भएका कारण संका उपशंका हटेको र अबको सरकार ५ बर्ष सम्म चलने बिश्वास ब्या समेत गरे । उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्तर्गत प्रतिष्पर्धात्मक निर्वाचनमा गएर सरकार निर्माण भएकाले तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको उल्लेख गरे ।
उनले जनताको चाहनाअनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भइसकेकाले अबको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको बताएका हुन् ।
अध्यक्ष दाहालले संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले र सोहीअनुसार कर्मचारी र जनप्रतिनिधिलाई काम गर्न केही असहज भए पनि निकट भविष्यमा सो समस्या समाधान हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया