इटहरी । कटुवाल हातेमालो एकता समाज नेपालले आफनो प्रथम साधारणसभा अवसर पारेर दुई जना जेष्ठनागरिकहरुलाई सम्मान गरेको छ ।
समाजले इटहरीमा आयोजना गरेको पहिलो साधारणसभामा इटहरीका गौरीमाया कटुवाल र कर्णबहादुर कटुवाललाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कटुवाल समुदायका मानिसहरुलाई समस्या पर्दा सहयोग पुगोस भनेर गठन भएको समाजलाई विभिन्न क्षेत्रबाट सहयोग पुरयाउनेहरुलाई कदरपत्र प्रदान गरिएको समाजका अध्यक्ष नगेन्द्र कटुवालले जानकारी दिए ।
गरीवीका कारण पढ्न नपाएका, आर्थिक कमजोरीका कारण विरामी हुदा उपचार गराउन नपाएकाहरुलाई सहयोग पुर्याउने उदेश्य राखिएको समेत अध्यक्ष कटुवालले वताए । आपसी सम्वन्धलाई कायम राख्न साथै समाजका अर्थ संकलनका लागि देउसी भैलो कार्यक्रम गर्ने तथा विदेशमा रहेका कटुवाल समुदायका सहयोगीहरु वाट संकल गर्ने गरीदै आएको समेत जानकारी दिइयो । साधारणसभामा विभिन्न जिल्लाहरुबाट समेत कटुवाल बन्दुहरु आएको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया