इटहरी । प्याब्सन सुनसरीले आयोजना गरेको प्रदेस १ सम्भावना अनेक विषयक  भएका छन ।

प्याब्सनको आयोजनामा आयोजित वक्तृत्वकला प्रतियोगिताको फाइनल चरणमा प्रतिस्पधामा रहेका २२ सहभागीहरुलाई पछि पार्दै आचार्य प्रथम हुन सफल भएका हुन । त्यसै गरी थर्डआइई पब्लिक दुहवीका आभाष कोइराला दोस्रो हाम्रो इनगलिस बोडिगं स्कुल इटहरीका मानवराज बराल तृतिय , हिमशिखर स्कुल इटहरीकी छात्रा स्मृति गरी र सिद्धार्थ स्कुल बराहकी छात्रा अनुशा धामीले शान्तवना पुरस्कार हात पारे ।

वक्तृत्वकला प्रतियोगिष्तामा विद्यार्थीहरुले हिमाल, पहाड र तराईको ठुलो क्षेत्रफल प्रदेश नम्वर १ मा रहेका कारण समेत यहाँका प्राकृतिक स्रोत साधनको उपभोग गर्न सके प्रचुर सम्भावना रहेको उल्लेख गरेका थिए । नेपालकै ठुलो नदी कोशी, अरुण तेस्रो , लगायतका ठुलो नदीबाट विद्युत निकाल्न सके मुलुकलाई पुग्ने विद्युत उत्पादन गरी आत्मनिर्भर वन्न सकिने देखि लिएर विद्युत विक्री गरेर आम्दानी गर्न सकिने सम्भावना समेत देखाए । कृषि, औधोगिक , धार्मिक पर्यटन , अन्य पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सके अन्य प्रदेश भन्दा प्रदेश नम्वर १ एक नम्वरमै सावित हुने तर्क समेत विद्यार्थीहरुले गरेका थिए । संस्कृति विद प्रा.डा. भक्त राईको प्रमुख आतित्यतामा सम्पन्न बक्तृत्वकला प्रतियोगिताको निर्णायकका रुपमा कमलेश शर्मा पौडेल र रविन बराल रहेका थिए । हरेक वर्ष प्याब्सन सुनसरीले अतिरिक्त क्रियाकलाप अन्र्तगत विद्यार्थीहरुमा रहेको बक्तृत्वकला प्रस्फुट गराउने उदेश्यले आयोजना गरिदै आएको बक्तृत्वकला प्रतियोगीतालाई निरन्तरता दिएको प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले जानकारी दिए । प्रथम ,द्धितिय, तृतिय र शान्तवना हुने विद्यार्थीहरुलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरियो ।

तपाईको प्रतिक्रिया