विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको नाउमा हत्या हिसां मच्चाउनेलाई नछोड्ने बताएका छन । उनले ती पक्षलाई शान्ति प्रक्रीयामा आउन आग्रह गरे । उनलेभने,‘ जनताकोलागी गणतन्त्र आईसक्या छ अब फेरी केको हत्या हिंसा,। अघिल्ला सरकार जस्तो सामान्य कुरामा अल्झिने नभइ विकास र सुसासनको मामलामा सरकार नरोकिने स्पष्ट पारे । उनले नेपालको प्राकृतीक स्रोत र साधनलाइ अधिकतम उपयोग गर्दै समृद्धिको बाटोमा अघि बढ्ने बताए । सरकार अधिनायकवादको बाटोमा अघि नबढ्ने बताउँदै त्यसको मुुल्याँकन जनताले गर्ने दाबि गरे । ओलीले प्रदेश एकको संसदमा अहिले सम्बोधन गरिरहेका छन् । ओलीले सम्बोधन गर्नुु पुर्व संसदीय रिपोर्टिङमा खटिने पत्रकारलाइ प्रवेश गर्न दिइएको थिएन । पत्रकारहरुले संसद सचिवालयमा धर्ना दिए पछि केहि सहज भएको थियो । भारत बिच भएको १९५० सन्धि सच्याउने काम भइरहेको बताउका छन् । प्रदेश एकको संसदमा आज सम्बाधेन गर्दै प्रधानमन्त्री ओलीले हिजो अन्य सरकारका पालामा नाम समेत उच्चारण गर्न हिच्किचाउने काम भइरहेको भन्दै आफ्नो पालामा अपमानजनक कुरा रहेका सन्धि सच्याउन विज्ञको टालि लागि परेको बताएका हुन ।
उनले नेपाल र भारत बिचको तिक्तापुुर्ण सम्बन्धमा सुधार आएको र दुुइ देश असल छिमेकीको रुपमा रहेको बताएका हुन् । उनले दुुइ देश बिच सिमामा देखिने समस्यालाइ सम्बोधन गर्न तयार रहेको बताका छन् ।
उनले जनताले चाहे सँविधन सम्बोधन हुने बताएक छन् । उनले भने संविधान सम्बोधन गर्दा जनता समृद्धि हुन्छन भने त्यो कुुनै अनौठो कुरा होइन । उनले प्रदेश र संघिय सरकारको अधिकार बाँड फाँडको कुरा सहमतीमै गर्ने बताएका छन । प्रम ओलीले मुलुक बिखण्डन गर्ने कुरा सहिय हुदैन भने,।

तपाईको प्रतिक्रिया