इटहरी । बढ्दो प्रविधिको प्रयोगका कारण मानिसहरुले हातहातमा मोवाइलबाट सिनेमा हेर्न सक्ने भएपनि सिनेमाका पारखीहरुलाई लक्षित गरि गोरखा डिपार्टमेन्ट स्टोरको धरान शाखामा अत्याधुनिक मल्टिप्लेक्स गोरखा सिनेप्लेक्स सञ्चालनमा आएको छ ।

सिनेमाका दर्सकहरुलाई लक्षित गरी पाँच करोडको लागतमा २सय २६ सिट क्षमताको गोरखा सिनेप्लेक्स हेमु थापाले सञ्चालनमा ल्याएका हुन । गोरखा सिनेप्लेक्सको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले एक कार्यक्रम विच उद्घाटन गरेकी हुन । गोरखा डिमार्टमेन्टको धरान शाखाको भवनमा दुईवटा अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याउने योजना सहित काम भई रहेकोमा अहिले एटटा हल सञ्चालनमा ल्याएको र अर्काे हल निकट भविष्यमै सञ्चालनमा आउने गोरखा सिनेप्लेक्सका सञ्चालक थापाले जानकारी दिए । दैनिक ४ शो चलाइने साथै नेपाल चलचित्र बोडवाट स्विकृति पाएका हलिउड,बलिउड र कलिउडका फिल्महरु प्रर्दसनमा गरिने समेत थापाले जानकारी दिए ।

पुर्वको ठुलो र पहिलो गोरखा डिपाटमेन्ट स्टोरका विभिन्न शाखाहरु रहेका भएपनि धरान शाखामा मात्र सिनेमा घर सञ्चालनमा ल्याएको गोरखा डिपाटमेन्टका सञ्चालक बलराम आर्चायले जानकारी दिए । उनले धरान शाखामा विभिन्न आइटका सामानहरु पाउने मात्र नभएर चलचित्रको मनोरञ्जन लिने व्यवस्था मिलाइएको उन वताए । प्रयाप्त पार्किगं सहितको गोरखाा सिनेप्लेक्समा पुर्ण एचडी क्वालटी रहेको उद्घाटन कार्यक्रममा जानकारी गराइयो । पहिलो शो नेपाली चलचित्र चगां देखाइएको थियो ।

तपाईको प्रतिक्रिया