इटहरी । मानव अधिकार रक्षक परिषदको चौथो बार्षिकोत्सवको अवसर पारेर मानव अधिकारकोे क्षेत्रमा उल्लेखिय योगदान गरेको भन्दै परिषदका सल्लाहकार पोषराज न्यौपानेलाई सम्मान गरियो ।

परिषदले इटहरीमा आयोजना गरेको सम्मान कार्यक्रममा न्यौपानेलाई प्रदेस नम्वर १ की उपसभामुख सरस्वती पोखरेले सम्मान पत्र र नगद एघार हजार एघार सय एघार रुपौयाले सम्मान गरेकी हुन । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी उपसभामुख पोखरेलले कार्यक्रमलाई सम्वोधन गर्दै नेपालको संविधान संसारकै उत्कृष्ट भएको वताइन । त्यसै गरी उनले मुलुकको परिवर्तनका लागि मानवअधिकार रक्षकहरुले खेलेको भुमिका अतुलनीय रहेको स्मरण गरीन ।

सो अवसरमा विगत ६ महिनाको अवधिमा प्रदेश नम्वर १का १४ जिल्ला र प्रदेश नम्वर २का सिराह र सप्तरीमा गरी कुल पाँच सय ३३ मानव अधिकार हनन तथा ज्यादती भएको जानकारी गराइयोे । कार्यक्रममा पूर्व सांसद रेवति रमण भण्डारी , राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यलयकी प्रमुख मञ्जु खतिवडा , अग्रज सञ्चारकर्मी याम प्रधान लगायतले मानव अधिकार रक्षाका लागि सवैले आआफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया