इटहरी । पुर्वी नेपालमा गएको ६ महिनाको अवधिमा मानव अधिकार उल्लघंन र ज्यादतीबाट पाँच सय वढी मानिसहरु पिडित भएको एक तथ्यांकले देखाएको छ ।

सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा प्रदेश नम्वर १का १४ जिल्ला र प्रदेश नम्वर २को सिराह र सप्तरीमा जनवरी देखि जुन ६ सम्मको अवधिमा पाँच सय ३३ जना पिडित भएको जानकारी दिइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक विराटनगरद्धारा संकलीत घटनाक्रमहरु अभिलेखीकरण भएको मानव अधिकारको अवस्था ,संरक्षण र सवद्र्धनका निम्ती संचारकर्मीहरुसंगको सम्वाद कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा गएको ६ महिनाको अवधिमा राजनीतिक मान अधिकार उल्लघंन र ज्यादतीका घटनाक्रममा कमी आएपनि महिला हिसां र वाल अधिकार हनन भने वढेको पाइएको उल्लेख गरियो । कार्यक्रममा वाल अधिकार हननका १सय १४ घटनाहरु र महिला माथि विभिन्न किसिमका १ सय २४ हिसाँ जन्य कार्य भएको उल्लेख गरियो । जस अन्र्तगत बलात्कारबाट ५१ ज्ना बलात्कार प्रयासबाट २४ , बोक्सीको आरोपबाट ३ जना , यौनजन्यदुव्र्यवहारबाट ८ जना, कुटपिटवाट ११ जना मानववेचविखन ९ जना , बहुविवाहबाट ४२ जना र अमानवीय व्यवहारबाट एक जना महिला पिडित भएको उल्लेख गरिएको छ । यसका साथै अन्य मानव अधिकार हनन र ज्यादतीको घटनाक्रम भएको उल्लेख गरियो । कार्यक्रममा इन्सेक पुर्वाञ्चल क्षेत्रीय प्रमुख सोमराज थापा, इन्सेककै कमल कोइराला, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतले मानव अधिकार रक्षाका क्षेत्रमा सबैले आआफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया