इटहरी । स्कुले विद्यार्थीको निर्देशन तथा स्कुले विद्यार्थीहरुकै अभिनय रहेको नाटक फुरफुर इटहरीको ताइरिची भवनमा मञ्चन भइरहेको छ ।

विगत ६ वर्ष यता देखि कलालय इटहरीको संयोजनमा स्कुले विद्यार्थीहरुले स्कुल थिएटरको नाममा नाटक मञ्चन गर्ने कार्यलाई निरन्तरता दिदै फुरफुर मञ्चन गरिएको हो ।

कलालय इटहरीले कला क्षेत्रमा नयाँ पुस्तालाई भित्र्याउने उदेश्यले सञ्चालन गर्दै आएको स्कुल थिएटरको छैठौं संकरण अन्तर्गत स्कुले विद्यार्थीहरुले अनुवादित नाटक फुरफुर मञ्चन गर्न थालेका हुन । तिन दिन सम्म स्कुले विद्यार्थीहरुले प्रर्दशन गर्ने नाटक फुरफुरमा कलाकारहरुले हल्लाको भरमा पर्ने प्रभावलाई मार्मिक रुपमा कथामा उतारको देखिन्छ । सुगम दुलालको निर्देशनमा स्कुले विद्यार्थीहरुले जीवन्त अभिनय गरेको पाइएको नाटक हेर्न आउने अभिभावकहरुले वताएका छन । पुर्व क्षेत्रबाट नाट्य विद्यामा नयाँ पुस्ता तयार पार्ने उदेश्यले कलालय इटहरीको संयोजनमा स्कुल थिएटर अन्र्तगत प्रर्दशन गर्न थालिएको फुरफुर शनिवार सम्म प्रर्दशन गरिने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । नाटकमा ७ वर्ष १८ वर्ष उमेर समुहका स्कुले विद्यार्थीहरुले अभियनकला प्रस्तुत गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया