इटहरी । पुर्वी तराईमा एक साता यता देखि अत्याधिक गर्मी वढ्न थालेपछि गर्मीबाट वच्न मानिसहरुले विभिन्न विकल्पहरु खोज्न थालेका छन ।

गर्मी अत्याधिक हुन थालेपछि चिसोको खोजीमा स्विमीगं पुल तथा पोखरी नहरहरुमा स्विमीगं गर्नेहरुको संख्या समेत वढ्न थालेको पाइन्छ । गर्मी बढेसंगै पुर्वी नेपालका विभिन्न ठाउँमा रहेका व्यवसायीक स्विमीगं पुल देखि लिएर पोखरी जलाशयहरुमा रमाउनेहरुको संख्या वृद्धि हुन थालेको हो ।

पुर्वी तराईमा गर्मी वढेसंगै विद्यालयहरुका विद्यार्थीहरु समेत प्रभावित हुन थालेका छन । धेरै जसो सामुदायिक विद्यालय तथा ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा गर्मीवाट बच्न विद्युतिय पंखाहरु समेत नभएका कारण समेत पठनपाठन प्रभावित हुन थालेको छ । गर्मी अत्याधिक हुन थालेपछि संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई व्यवसायीक रुपमा सञ्चालनमा ल्याइएका स्विमीगं पुलहरुमा ल्याउन थालेका छन । चार दिन यता देखि इटहरीमा रहेको ओसियन पार्कमा स्विमीगंका लागि विद्यालयहरुले विद्यार्थीहरुलाई ल्याउन थालेको पाइएको पार्कका सञ्चालक डम्वर तामागंले वताए । उनले गर्मी अत्याधिक वढेका कारण स्विमीगंका लागि आउने विद्यार्थीहरुलाई ५० प्रतिसत छुट दिने व्यवस्था गरेको वताए । पुर्वी नेपालका विभिन्न ठाउँमा रहेका स्विमीगं पुलहरुमा छिमेकी भारतीय क्षेत्रबाट समेत विद्यालयहरुले विद्यार्थीहरु लिएर आउन थालेको देखिन्छ । सुनसरीको सिमावर्ती भारतीय क्षेत्र विरपुरको एक विद्यालयबाट स्विमीगंका इटहरी विद्यार्थी लिएर आएका शिक्षक गर्मी अत्याधिक भएको र आफनो ठाउँमा सुविधा सम्पन्न स्विमीगं पार्क नभएको कारण विद्यार्थहरु लिएर आएको वताए । त्यसै गरी इटहरीको व्लुमिगं किन्डरगार्डेन स्कुलका विद्यार्थीहरु पनि स्विमीगं पुलमा भेटिएका थिए । सो विद्यालयका प्रिन्सीपल हेमन्त भट्टराईले गर्मी अत्याधिक भएको कारण विद्यार्थीहरुलाई स्विमीगंका लागि ल्याएको वताए । वुधवार सुनसरी सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा ताक्रम ३६ डिग्री पुगेपछि इनरुवा नगरपालिकाले विहीवार र शुक्रवार नगरपालिका क्षेत्रका विद्यालय विदा दिएको छ ।

तपाईको प्रतिक्रिया