इटहरी /मुख्यमन्त्री बनेपछी अरुलाइ पुरस्कृत तथा सम्मान गर्दै हिडेका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई आफै पुरस्कृत तथा सम्मानित हुनुभएको छ । ्
मुख्यमन्त्री राइ नगद २५ हजार रुपैया सहित पुरस्कृत तथा सम्मानित हुनुभएको हो । डिभाईन ट्रेनिङ सेन्टर इटहरीले यस बर्षको रोकास जिलिन्स्कस एक्सिलेन्स अवार्डबाट प्रदेश नम्वर १ का मुख्य मन्त्री राईलाइ पुरस्कृत तथा सम्मान गरेको हो । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले मुलुक स्थायी शान्ति र राजनैतिक स्थायीत्वको दिशामा अघि वढ्न थालेको वताएका छन । अवार्ड वितरण समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले लामो समय सम्म मुलुक अल्मली रहेको अवस्थामा रहेको थियो भने अहिले राजमार्ग पहिल्याइएको अवस्था भएको वताएका हुन । उनले हिजो सम्म तपाई हामी अनि नेपाली समाज अल्मली रहेको थियो आज मुलबाटोमा छौ सवै मिलेर पारदसीयता र सुशासन कायम गरी समृद्धिको वाटोमा सगै हिड्दै गनत्वयमा पुग्नु पर्छ भनेका छन । डिभाईन ट्रेनिङ सेन्टरले रोकस जिलिन्स्कस एक्सिलेन्सको स्मृतिमा स्थापना गरेको रोकस जिलिन्स्कस एक्सिलेन्स अवार्ड प्रदेश नम्वर १का मुख्यमन्त्री राई , पत्रकारीता क्षेत्रबाट रविन्द्र मिश्र र चिकित्सा क्षेत्रबाट न्युरो अस्पताल विराटनगरका न्युरो सर्जन यामबहादुर रोकालाई प्रदान गरियो । मुख्यमन्त्री राई लगायतलाई अवार्ड डाक्टर नारायण दत्त श्रीमाली र माँ प्रियमवदा नाथ श्रीमालीले प्रदान गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य सर्वध्वज साँवा , अमृता सुब्बा लगायतको उपस्थिती रहेको थियो ।     हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया