इटहरी । बढ्दो सहरीकरणसंगै मानिसहरुको बदलीदो जीवन शैलीका कारण व्युटी पार्लर व्यवसाय प्रति महिलाहरुको आकर्षण वढ्न थालेको छ । पछिल्लो समयमा पुर्व तराइमा समेत व्युटि पार्लर व्यवसाय खुल्नेक्रम वढी रहेको समयमा सुनसरीको इटहरीमा पेस्को मेकअफ स्टुडियो हेयर एण्ड व्युटि सेलुनको मिस नेपाल इनतरनेशनल २०१७ निती शाहले उद्घाटन गरेकी छन ।

महिला सौन्दर्यता सम्वन्धीत केश वनाउने देखि मेकअफका सम्पुर्ण सुविधाहरु सहितको पेस्को मेकअफ स्टुडियो हेयर एण्ड व्युटि सेलुन इटहरीकै मनिता तामागंले सञ्चालनमा ल्याएकी हुन । आठ लाख रुपौयाको लागतमा व्युटि सेलुन सञ्चालनमा ल्याएको सञ्चालीका तामगंले जानकारी दिइन । ब्युटी सेलुनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी मिस नेपाल इन्टरनेशनल २०१७ शाह , इटहरीकी पुरानी व्युटिसीयन पञ्छी वाइवा, ओसीयन पार्कका सञ्चालक डम्वर तामागं,इटहरी लेडिज जेसिजकी अध्यक्ष मिनु न्यौपाने , व्यवसायी गायत्री भण्डारी लगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया