इटहरी । बढ्दो सहरीकरणसंगै मानिसहरुको बदलीदो जीवन शैलीका कारण ब्युटी पार्लर व्यवसाय प्रति महिलाहरुको आकर्षण वढ्न थालेको छ । पछिल्लो समयमा पुर्वी तराइमा समेत व्युटि पार्लर व्यवसाय खुल्नेक्रम वढी रहेको समयमा सुनसरीको इटहरीमा पेस्को मेकअफ स्टुडियो हेयर एण्ड ब्युटि सेलुनको मिस नेपाल इन्टरनेशनल २०१७ की निती शाहले उद्घाटन गरेकी छन ।
महिला सौन्दर्यता सम्वन्धी केश वनाउने देखि मेकअफका सम्पुर्ण सुविधाहरु सहितको पेस्को मेकअफ स्टुडियो हेयर एण्ड ब्युटि सेलुन इटहरीकै मनिता तामागंले सञ्चालनमा ल्याएकी हुन । आठ लाख रुपौयाको लागतमा व्युटि सेलुन   ल्याएको सञ्चालिका तामगंले जानकारी दिइन । ब्युटी सेलुनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी मिस नेपाल इन्टरनेशनल २०१७ की शाह , इटहरीकी पुरानी ब्युटिसीयन पञ्ची वाइवा, ओसीयन पार्कका सञ्चालक डम्वर तामागं,इटहरी लेडिज जेसिजकी अध्यक्ष मिनु न्यौपाने , व्यवसायी गायत्री भण्डारी लगायतले आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया