इटहरी । पुर्वी तराईमा उत्पादित लिचीहरुले केही वर्ष यता देखि बजार पाउन थालेपछि बगानै ठेक्कामा लिएर काठमाडौं लिची लैजानेहरुले आम्दानी गर्ने मात्र हैन धेरैलाई रोजगारी समेत दिने गरेका छन ।

मौषमी फलका रुपमा फल्ने लिचीको माग काठमाडौमा अधिक हुने गरेका कारण पुर्वी नेपालका साथै भारतीय बजारबाट ठुलो परिणाममा लिची विक्रीका ठेकदारहरुले पुर्याउने गरेका हुन ।

पुर्वी नेपालको झापा,मोरगं,सुनसरी ,सप्तरी , सिराह लगायतका जिल्लाहरुमा लिचीको व्यवसायीक खेतीका लागि वगान लगाउने गरिएको छ । तराई क्षेत्रमा उत्पादीत लिचीले पछिल्लो समयमा भारतीय लिची भन्दा राम्रो वजार पाउन थालेको लिची ठेक्दार कुमार राई वताउछन । सुनसरीको तरहरामा बगानै ठेक्कामा लिएरका राईले लिचीको सिजनभरका लागि ३सय ५० जना काम राखेको सुनाए। लिची टिप्ने र प्याकेजीगं गर्ने कामका लागि आफुले मात्र ३सय ५० जनालाई रोजगारी दिएको वताउदै राई पुर्व क्षेत्रमा लिचीको ठेक्का लिनेहरु धेरै भएको जानकारी दिए । पुर्वी तराईका मौषमी फलहरु लिची आपँको फुल लाग्दा नै ठेक्का लिने क्रम वढ्न थालेको छ । मौषसी फलबाट समेत राम्रो आम्दानी हुने भएका कारण पुर्वी तराईमा लिची र आँपको बगान लगाउने किसानको संख्या पनि वर्षेनी बढी रहेको लिची ठेक्दारहरु वताउछन ।

तपाईको प्रतिक्रिया