सुनसरी जेठ १८ गते । खेलको महाकुम्भ मानिएको विश्वकप फुटबल प्रतियोगिता सुरु हुन केही दिन मात्रै बाँकी छ । तर विश्वकपको रौनक भने सुरु भईसकेको छ । विद्यार्थीहरुमा खेलकुद प्रति उत्साह जगाउन र विश्वकप फुटबलको बारेमा जानकारी दिन इटहरीको एक विद्यालयले फुटबलमैत्री शिक्षा अभियान सञ्चालनमा ल्याएको छ ।

इटहरी २ स्थित पशुपति इंग्लिश बोडिङ स्कुलले एक महिनासम्म विश्वपक फुटबलसँग सम्बन्धित अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको हो । आजबाट सुरु भएको अभियानपछि बिद्यालयले पठनपाठन सँगै फुटबलसँग सम्बन्धित जानकारी पनि दिइने विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले प्रांगणमा विश्वकपमा सहभागी हुने राष्ट्र र उनीहरुको झण्डा पनि राखिएका छन् । विश्वकप फुटबलमा भएका खेल सहित यसको विगत र खेलकुदको महत्व पनि बताइने पशुपति बोर्डिगं स्कुलका प्रिन्सीपल सुमित थापाले बताउनुभयो । बिद्यार्थीले साप्ताहिक रुपमा तयार पर्ने भित्तेपत्रिकामा पनि विश्वकपको बिषयमा सामाग्री तयार पार्नेछन् । विद्यार्थीहरुले प्रत्येक शुक्रबार आफुलाई मन परेको देश र त्यस देशको पोसाक लगाएर विद्यालय आउन छुट पनि दिइएको छ ।बिद्यालयले फुटबल सम्बन्धि शिक्षा शुरु गरेपछि बिद्यार्थीहरुपनि उत्साहित बनेका छन । फुटबलको महाकुम्भ नजिकिदै गर्दा सञ्चालित यस्ता अभियानले आफुहरुमा सकारात्मक प्रभाव पर्ने विद्यार्थीहरु बताउँछन् ।पछिल्लो समय नेपालमा खेलप्रति युवाहरुमा बढ्दो उत्साहलाई यस्ता कार्यहरुले थप विकास गर्न मद्दत पुग्ने देखिएको छ । विद्यालयहरुले पनि खेल क्षेत्रको विकास गर्न खेलकुदका कार्यक्रमहरु शैक्षिक क्यालेण्डरमै समावेश गर्न आवश्यक छ ।।

तपाईको प्रतिक्रिया