इटहरी / इटहरी उपमहानगरपालिकामा पहिलो पटक सह–सचिव स्तरका प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी कायम गरिएको छ । यस अघि इटहरीमा उप सचिव स्तरको अधिकृत रहदै आएका थिए ।

इटहरीमा पहिलो सह–सचिव स्तरका प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी कायम भएसगै काठमाडौबाट छवि लाल रिजाल इटहरी आएका छन् ।
रिजाललाई बुधबार उपमहानगरका कर्मचारीले स्वागत गरेका छन । रिजाल इटहरीमा हाजिर भएसगै दोस्रो नगरसभामा उपस्थिति भएका छन ।

तपाईको प्रतिक्रिया