इटहरी । चर्चित नायिका रेखा थापा निर्दे्शित नेपाली चलचित्र मालिका को छायाँकन पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा भई रहेको छ । नारीका वेदनाहरुलाई समेटीएको कथावस्तु रहेको मालिकामा १४ वर्षिया कमला वलीलाई मुख्य पात्रको रुपमा रेखाले पर्दामा उतार्ने गरी छायाँकन कार्य गरिरहेको जानकारी दिइन । चलचित्रकी मुख्य पात्र कमला पश्चिम नेपालको जाजरकोट की वासिन्दा हुन । चलचित्रकी मुख्य पात्र रहेकी कमला अहिले सम्म पनि टेलिभिजन समेत नहेरेकी पात्र रहेको रेखाले दावी गरिन । यसअघि रेखाले ‘हिम्मतवाली’ निर्देशन गरेकी थिइन् । हिम्मवतवालीमा दुवै हात नभएका सुदर्शन गौतमलाई कलाकारिता ल्याएर सुदर्शन भित्रको कलाकारीता उजागर गराएर सफल भएकी रेखाले फेरी अभिनयको ज्ञानसमेत नभएकी कमलालाई आफु निर्देशित चलचित्रमा ल्याएकी छन रहेको छ । रेखाकै निर्देशनमा निर्माण भई रहेको मालिकाको सुटिगं पश्चिम नेपालका कोहलपुर , कैलाली, बाँके लगायतका स्थानहरुमा भई रहेका छन । रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत रहने फिल्म तिहारको लक्ष्मीपूजादेखि प्रदर्शनमा आउने रेखाले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया