इटहरी । नेपाली काग्रेस सुनसरीले महासमिति सदस्य तथा नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुगंको रिहाईको माग राख्दै तेस्रो दीन पनि इटहरीमा प्रदर्सन गरेको छ ।

इटहरी प्रहरीले गुरुगंलाई गत शुक्रवार बेलुका जग्गा किचलो तथा गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरेपछि शनिवार देखि काग्रेसले गुरुगं रिहाईको माग राख्दै प्रर्दसन गर्दै आएको छ । गुरुगंको रिहाईको माग राख्दै नेपाली काग्रेस तथा तरुण दलका कार्यकर्ताहरुले इटहरी मुख्य चौक क्षेत्रमा सिठ्ठी जुलुस गर्दै गुरुगं पक्राउको विरोध जनाएका हुन । काग्रेसको इटहरी कार्यालयबाट सिठ्ठी सहित निस्कीएका नेता कार्यकर्ताहरुले सिठ्ठी बजाउदै प्रहरी प्रशासनको खिल्ली उढाएका थिए । सिठ्ठी जुलुसपछि आयोजित कोणसभामा वोल्दै महासमिति सदस्य राजिव ढुंगाना , नेतृ नवोदीता चौधरी र शिवराज दहालले गुरुगंलाई विना शर्त रिहाई नगरिए अझ थप कडा आन्दोलन गर्ने चेतावनी दिए । गुरुगं पक्राउको विरोधमा सुनसरी काग्रेसले चरणवद्ध सघर्षका कार्यक्रम घोषणा गरि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया