इटहरी / इटहरी उपमहानगरपालीकामा प्राय मानीसहरु काम परेर मात्र जाने गर्थे तर आज इटहरी उपमहानगरपालीका परीसर भित्र १२ केजी भन्दा ठुलो मान्छे हेर्नैको भिड लागेको थियो । इटहरी उपमहानगरपालीका परीसर भित्र रहेको मेची काली पोखरी बाट आज माछा निकालिएको छ । त्यहा माछा किन्ने र हेर्नेको बजार जस्तै थियो । पोखरी बाट थरिथरिका माछा निकालिएको थिए । माछाको फोटा खिच्ने र नजिकै गएर नियाल्ने ठूलै भींड थियो । स्थानीयका अनुसार इटहरी उपमहानगरपालीका परीसर भित्र रहेको मेची काली पोखरीमा आफुहरुले पहीलो पल्ट यती ठुलो माछा देखेको बताए ।

तपाईको प्रतिक्रिया