इटहरी । नेपाल प्रेस युनियनको २७औं स्थापना दिवसको अवसर सुनसरीको इटहरीमा दिप प्रज्वलन मनाइयो ।

युनियनको स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा दिप प्रज्वलन गरि मनाइएको हो । इटहरीको मुख्य चौकमा रहेको वाटिका क्षेत्रमा सञ्चारकर्मीहरुले मैन बत्ती वालि युनियनको स्थापना दिवस मनाएका हुन । दिप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस युनियनका प्रदेस नम्वर १का सचिव धनवहादुर पुरी , नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, एभिन्युज खवरका इटहरी व्युरो प्रमुख सचिन पोखरेल लगायतको सहभागिता रहेको थियो । युनियनले हरेक वर्ष जेष्ठ १३ गते स्थापना दिवस मनाउने गरेको छ ।

तपाईको प्रतिक्रिया