इटहरी । नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुगंको रिहाको माग राख्दै नेपाली काग्रेस सुनसरीले इटहरीमा प्रर्दशन गरेको छ ।

गत शुक्रवार गुरुगंलाई प्रहरीले जग्गा किचलो सम्वन्धी विषयमा पक्राउ गरेको थियो । नेपाल तरुण दल सुनसरी र नेपाली काग्रेस सुनसरीले गुरुगंसंग सम्वन्धीत नै नभएको जग्गाको विषयलाई लिएर जग्गा किचलोको आरोप लगाइ गुरुगंलाई पक्राउ गरिएको भन्दै शनिवार विना शर्त रिहाइ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको थियो ।

गुरुगंको रिहाईको माग राख्दै नेपाली काग्रेस सुनसरीको अगुवाईमा इटहरीमा निकालीएको र्यालीपछि आयोजित कोणसभाका वक्ताहरुले गुरुगंलाई विना सर्त रिहाई नगरिए आन्दोलनको आधिँवेरी ल्याउने चेतावनी दिए । गुरुगंलाई प्रहरीले इनकाउटर गर्ने शैलीमा पक्राउ गरिएको आरोप समेत वक्ताहरुले लगाए । काग्रेसले इटहरीमा गुरुगंको रिहाईको माग राख्दै प्रर्दशन गर्ने भएपछि विहानै देखि जिल्लाका विभिन्न ठाउँबाट ठुलो संख्यामा प्रहरी ल्याएर परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक नारायण चिमोरिया , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक लगायतको टोली समेत परिचालन गरिएको देखिन्थ्यो ।

कोणसभामा नेपाली काग्रेस सुनसरीका सभापति तथा प्रमुख प्रतिपक्षि दलको प्रदेस नम्वर १का नेता राजिव कोइराला, प्रदेस नम्वर १का काग्रेस प्रमुख सचेतक केदार कार्की ,सुनसरी क्षेत्र नम्वर २ का काग्रेस सभापति मणीराम श्रेष्ठ, नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष विकास केसी , नेपाल महिला संघ सुनसरी अध्यक्ष विजया कटुवाल , काग्रेस सुनसरी क्षेत्र नम्वर २का सचिव रमेश पोखरेल लगायतले बोलेका थिए ।

इटहरीका प्रहरी प्रमुखलाई कारवाहीको माग  

प्रदेस नम्वर १ प्रदेससभाका प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ भष्ट्चारी भएको आरोप लगाउदै कारवाही गर्न माग गरेका छन ।

नेपाली काग्रेस सुनसरीले इटहरीमा आयोजना गरेको महासमिति सदस्य सिजन गुरुगंको रिहाईको माग राख्दै आयोजना गरेको कोणसभालाई सम्वोधन गर्दै प्रमुख सचेतक कार्कीले मोरगंमा रहदा पाँच हजार घुस आएको प्रमाण आफुसंग भएको दावी गर्दै कारवाहीको माग गरेका हुन । उनले मोरगंमा रहदा केटा र केटीको विषयमा पाँच हजार घुस आएको र इटहरीमा पनि सिजन गुरुगंलाई पक्राउ गरि रातीराती माल खान सेटिगं मिलाउन खोजेको आरोप कार्कीले लगाए ।

सोही कोणसभामा बोल्दै नेपाली काग्रेस सुनसरीका सभापति तथा प्रदेस नम्वर १का विपक्षी दलका नेता राजिव कोइरालाले ज्यान मार्ने उद्योग गरेको आरोपमा किटानी जाहेरी परेकाहरु खुल्लमखुल्ला हिडिरहेको तर सिजन गुरुगंलाई पक्राउ गरि प्रहरीले काग्रेस तसाउन खोजेको आरोप लगायए । विना कारण पक्राउ गरिएका गुरुगंलाई सम्मानपुर्वक रिहाई नगरिए थप कडा आन्दोलन थाल्ने कोइरालाले चेतावनी समेत दिए ।

तपाईको प्रतिक्रिया