इटहरी । सौन्दर्य कला व्यवसायी संघ सुनसरी र नगर कार्य समिति इटहरीको एघारौं वार्षिक उत्सवको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन ।
पुर्वी नेपालमा सवै भन्दा वढी रक्तदान कार्यक्रम हुने ठाँउको पहिचान वनाएको इटहरीमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको आयोजक संस्थाकी सुनसरी अध्यक्ष शान्ता राईले जानकारी दिइन ।
महिलाको सौन्दर्यकलामात्र होईन मानव समुदायको सेवाका लागि पनि हामी समर्पित छौ भन्दै सौन्दर्यकला सङ्घ इटहरी र सुनसरीले आफ्नो स्थापना दिवशको अवसर पारेर इटहरी अध्यक्ष शावित्रा नेपालले जानकारी दिइन ।
कार्यक्रममा सौन्दर्यकलाका क्षेत्रमा सम्लग्न महिलाहरुको संस्था सौन्दर्य कला व्यवसायी सङ्घको स्थापना दिवशको अवसर पारेर आयोजित उक्त रक्तदान कार्यक्रमको संयोजक अनु बरालले सङ्घले मावन सेवा कार्यक्रम अन्तर्गत यो रक्रदान कार्यक्रम गरेर हामी मानवीय सेवामा पनि समर्पित छौ भन्ने सन्देश दिन सक्रिय भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया