इटहरी । नेपाल तरुण दल सुनसरीले राजनैतिक प्रतिशोधले आफना अध्यक्ष सिजन गुरुगंलाई पक्राउ गरिएको आरोप लगाउदै विर्ना सर्त रिहा नगरिए आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

तरुण दल अध्यक्ष गुरुगंलाई प्रहरीले शुक्रवार साँझ कामबाट फर्कदै गर्दा प्रहरीले उनीसंग सम्वन्धीत नभएको जग्गाको विषयलाई लिएर पक्राउ गरेको तरुण दल सुनसरीले आरोप लगाएको हो । इटहरीमा पत्रकार सम्मेलन गरी तरुण दल सुनसरीले संवैधानिक मर्म ,प्रचलित कानुन र सामाजिक न्याय विपरित पक्राउ गरिएकोले अविलम्व नछोडिए आन्दोलन थाल्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा तरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकले गुरुगंलाई सामाजिक प्रतिष्ठामा आँच आउने गरी सम्वन्धीत नभएको विषयमा पक्राउ गरिएको प्रति तरुण दलको ध्यानार्कषण भएको वताए । सहसचिव मिलन त्रितालले अध्यक्ष गुरुगंले केही वर्ष अघि नै विक्री गरिसकेको जग्गाको विषयमा सधियार भनेर जग्गा किचोलोको विषयमा पक्राउ गरिने कार्य निन्दनिय भएको वताए । यसै विच नेपाली काग्रेस सुनसरीले समेत विना कारण पक्राउ गरिएका तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुगंलाई विना सर्त रिहा नगरिए आन्दोलन थाल्ने चेतावनी दिदै विज्ञप्ती जारी गरेको छ ।

तपाईको प्रतिक्रिया