विराटनगर/ प्रदेश नं.१ को प्रदेश सभाको दोस्रो अद्यिवेशन आह्वान गरीएको छ । प्रदेश न १ का प्रमुख प्रा.डा गोविन्द तुम्वाहाडले १ न.प्रदेश सभाको दोस्रो अद्यिवेशन आउदो जेठ १७ गते डाकेका हुन ।
यो अधिवेशनको मुख्य उद्देश्य प्रदेशको बजेट सार्वजनिक र नीति तथा कार्यक्रमका बिषयमा छलफल हुने बताइएको छ । प्रदेश सरकारले असार १ गतेसम्म आर्थिक बर्ष ०७५÷७६ को बजेट ल्याइसक्नु पर्ने संवैद्यानिक व्यवस्था छ । प्रदेश कार्यालयका सचिव रामकृष्ण गुरागाईका अनुसार प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिस र नेपालको संविद्यानको धारा १८३ , उपधारा (१) अनुसार आउदो जेठ १७ गते विहिवार अपरान्ह ३ बजे प्रमुख तुम्वाहाडले दोस्रो अधिवेशन डाकेका हुन । अधिवेशन सुरु भएको एक साता भित्रमै प्रमुखले प्रदेश सरकारको नीति तथा कार्यक्रमका बारेमा सम्वोधन गर्ने छन । सम्वोधन पश्चात प्रदेश सभामा छलफल चल्ने र लगत्तै बजेट सार्वजनिक हुने छ । सामान्यता प्रदेशमा हिउदे र बर्खे अधिवेशन हुने छ । हिउदे अधिवेशन वैशाख २५ गते सकिएको हो ।

तपाईको प्रतिक्रिया