इटहरी । मुटु तथा टाउकोको समस्याका कारण पिडित वन्दै आएका इटहरीका सुनचाँदी कालीगढ विनोद रसाइलीको उपचारका लागि सहयोग जुट्न थालेको छ ।

इटहरी ५ जनता वस्तीका विनोदको उपचारका लागि संकलीत ६८ हजार २८ रुपौया पुर्वाञ्चल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष टिका लामगादे लगायतले हस्तान्तरण गरेका हुन ।

इटहरीमा रहेर कालीगढ पेसा गर्दै आएका २६ वर्षीय विनोदको मुटुमा समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोमा उनलाई टाउको समेत समस्या देखापरेपछि काठमाडौंको शिक्षण अस्पताल लगेर भर्ना गरिएको उनकी आमाले वताइन । काठमाडौंमा उपचाररत विनोदको आर्थिक अवस्था कम्जोर भएको कारण उनको उपचारका लागि संकलीत रकम उनकी आमालाई हस्तान्तरण गरिएको होे ।

विनोदको उपचारका लागि पुर्वाचल सुनचादी व्यवसायी संघ । सुनचादी कालीगढ संघ इटहरी र एकीकृत विश्वकर्मा समाज, विदेशमा रहने मनोज विश्वकर्मा, इटहरी ५को सरस्वती टोल विकास संस्था लगायतले विनोदको उपचारका लागि सहयोग गरेका हुन । सो अवसरमा विनोदकी आमाले आफनो छोराको उपचार खर्च जुटाएर बचाइदिन आग्रह गरेकी थिइन ।

तपाईको प्रतिक्रिया