इटहरी । बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयन सम्वन्धी स्थानीय तहका लागि आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा इटहरीमा सञ्चालित कार्यशाला गोष्ठी सपामन भएको हो । कार्यशालामा स्थानीय तहमा सुशासन र विकास निर्माणका विषयहरुमा छलफल गरिएको थियो । स्थानीय तहलाई स्थानीय सरकारका रुपमा रुपान्तरित गरिएपछि शिक्षा ,स्वास्थ्य, कृषि खानेपानी लगायतका क्षेत्रहरुको जिम्मेवारी पनि स्थानिय तहमा आएको छ । स्थानीय सरकारका रुपमा कार्य सञ्चालन गर्नु पर्ने स्थानीय तहको कामलाई व्यवस्थित वनाउने विषयहरुमा जनप्रतिनिधीहरुलाई सहजिकरण गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त गोष्ठी कार्यक्रमकी संयोजक इटहरी उपमहानगरपालिकाकी उप मेयर लक्ष्मी गौतमले कार्यक्रमले स्थानीय तहको लक्षित निती तथा कार्यक्रमलाई आत्मसाथ गर्दै काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरिन । गोष्ठीमा इटहरीका २० वटै वडाका निर्वाचित वडा अध्यक्ष तथा सचिवहरु समेतको सहभागिता रहेको थियो । गोष्ठीमा आन्तरिक मामिला तथा स्थानीय कानुन मन्त्रालय प्रदेश नम्वर १ का उपसचिव रविन्द्र आचार्य जिल्ला समन्वय समिति सुनसरीका समन्वय अधिकारी पुष्कर भट्टराई र लेखा अधिकृत टेकनाथ रेग्मीले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया