• कृष्ण जुनेली

लाश डढिरहे जस्तो देखिन्थ्यो तर मलामीहरु उदास थिएनन् बरु उनीहरु हँसिला,खुशिला देखिरहेका थिए । नजिकै पालैपालो वक्ताहरु बोली रहेका देखिन्थ्यो । म पनि कोही राष्ट्रियस्तरको व्यक्तित्वको निधन भएको हुन सक्ने अनुमान लगाउँदै त्यँही पुगे तर मेरो अनुमान कल्पनामा परिणत भयो किनकी त्यहाँ तत्कालीन मन्त्रीको पुत्ला डढाउने कार्य भैरहेको रहेछ ।

राष्ट्रियहितमा कार्य गर्न नसक्ने नेतृत्वतहको विरोध गर्न पाउनु प्रजातन्त्रको सबै भन्दा महान उपलव्धी हो भन्ने महशुस गरेर म पनि त्यो विरोध कार्यक्रमको सहभागीको रुपमा प्रस्तुत भएँ । त्यहाँ राष्ट्रियताको कुनै वास्ता नराखि नेतृत्वले साम्राज्यवाद र पूँजिवादको गुलामी गरी राष्ट्र र जनताको हितमा भन्दा आफ्नो र पार्टीको स्वार्थ पूर्तिमा तल्लीन रहेको आरोपहरु लगाइदै थियो ।

कृष्ण भट्टराई जुनेली

त्यहाँका वक्ताहरु मध्येका हेर्दै रातो कपाल बनाएर सुट टाईमा सजिएर अत्तर छर्केर मगमग वास्ना आइरहेका अमेरिकी जस्ता देखिने महान नेता ज्युको राष्ट्रप्रेम पनि त्यत्तिकै महान रहेछ । राष्ट्रियताको सवालमा उनले जति व्याख्यात शायदै कसैले गर्ला । म त उनको आनन्द लाग्ने राष्ट्रियतामा ओतप्रोत भएका भाषणमै लठ्रठ भएर झकाई रहेको रहेछु । एकाएक मकै पड्कीए झै गरी पड्कीएको तालीको आवाजले व्युझिएर के राम्ररी अाँखा हेरेको थिएँ । दौरा सुरुवाल र टोपी (राष्ट्रिय पोशाक) मा डढि रहेको पुत्ला देखेपछि म अलिखिन्न भए , हुनत मैले कुनै त्यस्तो कुनै राष्ट्रियता झल्काउने कार्य गर्न सकेको छैन होला । तर त्यहाँ उपस्थीत राष्ट्रप्रेमीहरुले राष्ट्रियताको संरक्षण गर्दै राष्ट्रिय पोशाक डढाएको देखेपछि मात्र मैले बुझेँ राष्ट्रियता भनेको ।

तपाईको प्रतिक्रिया