इटहरी । आफनै गाउँमा उच्च शिक्षाका लागि प्लस टु र कलेजहरु नभएका कारण विद्यार्थीहरुलाई समस्या भई रहेको भन्दै सुनसरीको कोशी गाउँपालिका वडा नम्वर २ का महिलाहरुले घुम्टो भित्रैबाट गाउँमै उच्च शिक्षाको व्यवस्था मिलाउन माग गरेका छन ।

कोशी गाउँपालिका वडा नम्वर २ ले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि योजना संकलन तथा प्राथमिकीकरण बैठकमा घुम्टो भित्रैवाट प्लस टु र कलेजको माग गरेका हुन । योजना संकलन तथा प्राथमिकीकरण बैठकमा पुरुषहरुको तुलनामा वढी संख्यामा उपस्थित महिलाहरुले उच्च शिक्षाका लागि प्लस टु र कलेज मात्र हैन महिलाहरुको आगं खस्ने समस्या निवारणका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नु पर्ने देखि लिएर गाउँमै स्वास्थ्य चौक र सिचाईका लागि नहर निर्माणलाई प्राथमिकतामा राख्नु पर्ने माग गरे । सुशासन ,पारदर्सीयता र जवाफ देहितापुर्णं काम गरी जनतालाई सेवा प्रदान गरिनु पर्छ भन्ने अभियान र कार्यक्रम सञ्चालन गर्दै आएको सुनसरीको दुहवीमा रहेको सहभागि परिचालन केन्द्र नामक गैरसरकारी संस्थाको सहजिकरण रहेको सो बैठकमा स्थानीयले सडक मर्मत निर्माण कार्य , पानीको निकास गरिनु पर्ने लगाएका विकाससंग सम्वन्धीत योजनाहरु ल्याउनु पर्नेमा जोड दिए । वडा नम्वर २का वडाध्यक्ष हिरालाल यादव उपस्थितीमा भएको बैठकमा गाउँपालिकाले २०७५,७६मा सञ्चालन गर्ने विकास निर्माण तथा शुसासनका लागि आफनो ठाउँका लागि आवश्यक अन्य विकास निर्माणलाई प्राथमिकतामा राखिनु पर्नेमा महिलाहरुले जोड दिएको सहभागी परिचालन केन्द्रका शम्भु अधिकारीले जानकारी दिए । बैठकको सहजिकरण जमुना सिग्देल ,तेजनारायण यादव लगायतले गरेका थिए ।

तपाईको प्रतिक्रिया