उदयपुर । उदयपुरको वेलका नगरपालिका क्षेत्रको मकै वालीमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रण कार्य अन्तिम चरणमा पुगेको छ ।

रातको समयमा सक्रिय हुने फौजी किराको हुलले मकैको पात खाएर वेलका नगरपालिका क्षेत्रका केही वडाका किसानहरुको मकै वालीमा क्षति पुर्याउदै आएको थियो । मकैमा लाग्ने सो प्रजातिको फौजी किराले वडा नम्वर ३,४ ,५ र ८ का किसानहरुको ६० विघा जतिमा लगाइएको मकैको पात खाएर क्षति पुरयाएको थियो ।

प्रकोपका रुपमा मकै वालीमा देखा परेको फौजी किरा नियन्त्रणका लागि जिल्ला कृषि विकास कार्यालय उदयपुर , वाली संरक्षण प्रयोगशाला विराटनगर, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका विज्ञ सहभागी टोलीले सक्रियतामा किरा नियन्त्रणको काम गरेका थिए । सो टोलीको सक्रियता पछि किरा लागेको मकै वालीमा स्प्रे गर्ने कार्य भएपछि किराको प्रकोप ९० प्रतिशत नियन्त्रणमा आएको जनाइएको छ । किरा नियन्त्रण टोलीमा सामेल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट्स बैज्ञानिक किशोर भण्डारीले उदयपुरको बेलका क्षेत्रमा देखा परेको मकै वालीमा लागेको किरा नियन्त्रणमा आईसकेको वताएका छन । किराले पुर्याएको क्षति र किराका विषयमा अनुसन्धान गरी स्प्रे गर्ने कार्य भएकाले फौजी किरा नियन्त्रणमा आएको उनले जानकारी दिए । यो प्रजातिको किराले वर्षेनी नभएर कहिलकाही देखा परेर क्षति पुर्रयाउने गरको समेत भण्डारीले वताए । दिउँसोको समय माटोमा लुक्ने अनी रातको समयमा वालीमा क्षति पुर्याउने यस प्रजातिको किरालाई किसानहरुले फौजी किरा भन्ने गरेपनि कुन प्रजातिको किरा हो भनेर अनुसन्धान समेत भई रहेको जनाइएको छ । जिल्ला कृषि कार्यालय उदयपुरले समेत प्रकोपका रुपमा देखा परेको फौजी किरा नियन्त्रणका लागि किसानहरुलाई सहयोग गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया