इटहरी । आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि खर्च जुटाउन नसकि रहेकी संखुवासभाकी २१ व्र्षिया दुवै मृगौला फेल भएकी कविता विश्वकर्मालाई ९ महिने बच्चाको भविष्यको चिन्ताले सताउन थालेको छ ।

गत साउन महिनामा मृगौला फेल भएको थाहा पाएपछि उपचारका लागि धरान आएर वस्दै आएकी कवितालाई आफनो उपचार खर्च कसरी जुटाउने साथै ९ महिने छोराको भविष्य के होला भन्ने चिन्ताले सताउन थालेको हो । मृगौला प्रत्यारोपणका लागि ठुलो रकम लाग्ने भएपछि कसरी खर्च जुटाउने चिन्तामा परेकी गरिव परिवारकी कविता विरामी भएकै कारण वच्चालाई साथमा ल्याउन नसकेको रुधै सुनाउछिन । उपचार खर्च जुटाउन सकिन्छ की भन्ने आशा बोकेर विभिन्न संघसंस्थाहरु धाउन थालेकी कविता एभिन्युज खवरको इटहरी व्युरो कार्यालयमा आइपुगेकी उनले भक्कानीदै मलाई पनि तपाईलाई जस्तै बाच्ने रहर छ भनिन । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले उपलव्ध गराउने निशुल्क डाइलाइसिस सेवा लिइ रहेपनि आफुहरुसंग औषधि र खानपिनको लागि समेत रकम अभाव रहेको समेत उनले सुनाइन ।

कविताको उपचार गर्दा भएको सवै सकिएको नियमित औषधि आइरहनु पर्ने तथा उपचारका लागि अस्पताल सम्म पनि आवतजावत गर्न समेत समस्या पर्ने गरेको कारण खर्च जुटाउन सकिन्छकी भन्ने आशले आफुहरु विभिन्न संघ सस्थाको कार्यालयहरु धउन थालेको कविताकी आफन्त निर्माला विक गुनासो गर्दछिन । कविताका लागि मृगौला कसैले दिएपनि पन्ध्र सोह् लाख खर्च लाग्ने चिकित्सकहरुले भने उनीहरु सुनाउछन । कविता विरामी परेपछि गरिवीकै कारण वैदशिक रोजगारीका लागि खाडी मुलुक पुगेका उनका श्रीमान फर्किएर आएपछि अहीले कामको खोजीमा रहेको समेत जानकारी दिइयो । यसै विच मृगौला पिडित कवितालाई राष्ट्यि एकता मिडिया ग्रपका अध्यक्ष सुजन कार्कीले नगद पाचँ हजार सहयोग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया