इटहरी । इटहरीमा आइतबार भएको आगलागीमा तिन करोड भन्दा बढी क्षति भएको छ । इटहरी उपमहानगरपालिका–९ जनता स्कुल लाइनमा रहेको होलसेल कपडा पसलमा राति आगलागी भएको हो ।
आगलागीबाट उक्त लाइनमा रहेका दुई वटा होसेल कपडा पसल पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट तिन करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगलागीको एकीन कारण खुल्न नसके पनि रातको समयमा पसलहरुको सटर बन्द रहेको र आगो भित्रबाट सुरु भएकोले विद्धुत शर्ट भएर आगलागी हुन सक्ने प्रारम्भिक अनुसंधानबाट खुल्न आए पनि आगो के कसरी सुरु भयो भन्ने कुरा थप अनुसंधान भई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
रत्नमणि राईको एफआर रेडिमेट स्टोर, मगद श्रेष्ठ, एलबी पुरी र हरि भोमीको पसलमा क्षती भएको प्रहरीले जानकारी दिएको छ ।
आगो इटहरीे उपमहानगरपालिकाको वा आगो इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका मोरंगको सुन्दरहरैचा नगरपालिका र धरान उपमहानगरपालिकाका को गरी ५ वटा दमकल र स्थानीय वासीको सहयोगमा राती करीब २ बजेर २५ मिनेटमा नियंत्रणमा आएको थियो ।

 

तपाईको प्रतिक्रिया