इटहरी । लागुऔषध नाइट्रोजन ट्यावलेट ९० थान सहित सुनसरीको इटहरी उपमहानगरपालिका १३ खनारका अरुण चौधरी पक्राउ परेका छन ।

धरान उपमहानगरपालिका वार्ड नम्वर ८ तीनकुनेमा प्रहरीले चेकजाँचका क्रममा चौधरीलाई ९० थान नाइट्रोजन ट्यावलेट सहित पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको हो । नाइटेजन ट्यावलेट सहित पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया