इटहरी/ नेपाली कांग्रेस सुनसरीका सभापति तथा एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षदलका नेता राजिव कोईरालाले तरुण दलले सुनसरीमा कांग्रेस जिताउँन  महत्वपूर्ण भुमिका खेलेको बताएका छन । नेपाल तरुणदल सुनसरीले इटहरीमा आयोजित युवा प्रशिक्षण कार्यक्रममा युवा दस्ताहरु गाउँ गाउँमा गएर खटेको भन्दै तरुण दल सुनसरीको प्रशंसा गरेका हुन । त्यस्तै कार्यक्रममा बोेल्दै काग्रेस नेता तथा प्रतिनिधि सभाको संसद सिताराम मेहेताले तरुण दलले चुनावको बेला महत्वपूर्ण भुमिका खेलेको भन्दै युवाहरूलाई राजनितिमा अगाडी बढाउँनु पर्ने बताएका छन । कार्यक्रममा बोल्दै तरुण दल सुनसरीका सभापति शिजन गुरुङले युवाहरुलाई नेताहरुले प्रयोग हैन उनीहरुको भावना बुझ्नु पर्ने बताएका थिए ।

युवा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सचिवद्धय केदार भण्डारी,सुजेन्द्र गोले नेपाली काग्रेसका क्षेत्रिय सभापति मणि श्रेष्ठ ,सचिब रमेश पोखरेल, नेपाली काग्रेस इटहरीका कार्यवहाक नगरसभापति शिव दाहाल , नेपाली विद्यार्थी संघको केन्द्रिय उपाध्यक्ष विकास केसी,काग्रेस नेता राजिव ढुंगाना,मन्दिप भट्टराई लगायतले कार्यक्रममा बोलेका थिए । युवाहरुलाई प्रशिक्षण दिलकुमार बन र विरेन्द्र शाहले दिएका छन्।

तपाईको प्रतिक्रिया