चन्दन रौनियारसुनसरी जेठ ५/ सुनसरीको दुहवी ८ स्थित थर्ड आइ पब्लिक स्कुलमा वातावरण संरक्षण तथा दक्षजनशक्ति विकास केन्द्र दुहवीले वालवालिका लक्षित कार्यक्रम अन्तर्गत शनीवार वालविवाह न्यूनीकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा दुहवी ८ नम्वर वडामा संस्थाले गठन गरेको ४ ओटा बाल क्लवहरुलाइ कार्यक्रमका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले खेलकुद सामाग्री वितरण गर्नुहुँदै दुहवी नगरपालिकाकालाइ पूर्ण वालमैत्री नगर बनाउँने प्रतिबद्धता जनाउँनु भयो । मेयर गच्छदारलेवालविवाह अन्तराष्ट्रिय बालअधिकारको मान्यता, सिद्धान्त र सहमतिको खिलाफ मात्र होइन यसले स्वतन्त्र र स्वभाविक बाल्यकालको शारिरिक र मानसिक विकासको आवश्यकतालाई समेत खलल पुर्याउँने हुँदा बालविवाहले उनीहरूको भविष्य असुरक्षित पारिरहेकोले वालविवाहको अन्तय हुँनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रमका बिशेस अतिथिहरु दुहवी वडा नम्वर ८ का वडाध्यक्ष तारिकचन्द सरदार लगायतहरुले सानो उमेरमा विहे गर्नेहरुको संख्या बढदोक्रममा रहेकाले वालविवाह न्यूनीकरण कार्यक्रमले जनचेतना बढाउने बताउँनु भयो । कार्यक्रममा ८ नम्वर वडाका ४ ओटा बाल क्लबहरुले वालविवाह न्यूनीकरण सम्वन्धि सडक रैयालि प्रदर्शनी, नाटक, कविता वाचन र नृत्य समेत प्रस्तुत गरेका थिए । संस्थाकी अध्यक्ष लक्ष्मी ठाकूरले वालविवाहले चेलीवेटी वेचविखन समेत बढेकाले वालवालिकाहरुलाइ सजग गराउँने उदेश्यले कार्यक्रम गरेको बताइन ।

तपाईको प्रतिक्रिया