इटहरी । ग्रिनपिस फाउनडेसन द्रारा सञ्चालित ग्रिन पिस एकेडेमी र इटहरी नमुन कलेज का एमविए र सामाजिक कार्य तेस्रो वर्षका विद्यार्थीहरुलाई विदाइ गरेको छ । कलेजले विशेष कार्यक्रमको आयोजना गरेर उनीहरुलाई विदाइ गरेको हो । कार्यक्रमका प्रमुख अतिथी हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमीरेले विद्यार्थीहरु सधै आफ्नो क्षेत्रमा अब्बल हुनुपर्ने वताउँदै अरुसँग काम माग्ने होइन आफै काम सृजना गर्न सक्ने हुुनुपर्ने वताए । कार्यक्रममा विषेश अतिथी प्याप्सन प्रदेश नम्बर १ का उपाध्यक्ष कविन्द्र मण्डलले विद्यार्थीहरुको नयाँ शैक्षिक यात्राका लागि शुभकामना दिएका थिए । कलेजका प्राचार्य धर्म न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा ग्रिनपिस फाउनडेसनका अधयक्ष केसब खड्का, सञ्चालक मनिस रौनियार चिरन्जीवी तिमल्सीना प्राध्यापक सैलेन्द्र राई , हरी कटवाल लगायको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया