इटहरी । इटहरीका होटलहरुमा यौनजन्य गतिविधि बढ्दै गएको छ । प्रन्ध्र दिनको अवधीमा इलाका प्रहरी कार्यलय इटहरीले गोप्य सुचनाको आधारमा पचास भन्दा वढी लाई यौन कार्यमा संलग्न रहेको भन्दै प्रकाउ गरेको हो । प्रहरीले दैनिक जसो छापा मार्न थालेपछी प्रहरी चर्चामा आउन होटलहरुमा दैनिकजसो छापा मार्न थालेको व्यवसायीहरु बताउछन । बैशाख र जेठमा मात्रै ५० भन्दा वढी महिला तथा पुरुषलाई इटहरीका विभिन्न होटलहरुबाट पक्राउ गरेको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजन कार्कीले बताएका छन ।

इटहरीमा कलगर्ल’ को विगबिगी
च्याउसरी खुलेका अधिकांश होटलहरुले यौनकर्मी महिला राख्ने गरेको जनाइएको छ । चोक–चोक र गल्ली–गल्लीमा खुलेका होटलहरुले यौनकर्मी महिलालाई फोन गरेर बोलाउने गरेको पाइएको छ । ग्राहक पुगेपछि व्यवसायीहरुले यौनकर्मी महिलालाई फोन गरेर बोलाउने गरेको स्रोतले जानकारी दियो । कोठा भाडामा लिएर यौनकर्मी महिला बस्ने र ग्राहक आएपछि होटल व्यवसायीहरुले फोन गरेर बोलाउने गरेको यौन व्यवसायमा संलग्न रहने गरेको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजन कार्कीले बताए ।

तपाईको प्रतिक्रिया