इटहरी । आधुनिकरणसंगै हराउदै गएका पुराना घरेलु सामाग्रीहरुका विषयमा नयाँ पुस्तालाई जानकारी गराउने उदेश्यले सुनसरीको इटहरी २ को हवाई चोकमा राखिएका पुराना सामाग्रीहरुको प्रयोग आफैले गरेर रमाउने विद्यार्थीहरुको संख्या वढिरहेको छ ।
पर्यावरणका क्षेत्रमा काम गर्दै आएको वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपाल नामक गैर सरकारी संस्थाले परम्परागत सामाग्री आफैले प्रयोग गर्ने व्यवस्था मिलाएपछि परम्परागत सामाग्रीको प्रर्दशनीमा विद्यार्थीहरुको भिड लाग्न थालेको हो ।
सहरीकरणसंगै हराउदै गएको गाउँले परिवेशको झल्को दिने गरी तयार पारिएको प्रर्दशनी स्थलमा विद्यार्थीहरुले ढिकीँ ,जाँतो कुट्ने , आगोमा मकै भुट्ने, मोही पार्ने , ओखलीमा पिठो कुट्ने ,इनार बाट पानी निकाल्ने र गुन्द्री बुन्ने जस्ता कार्य गरेको देखिन्छ भने लिंगे पिंग खेल्दै रमाएका थिए । पुर्वकै एक विकसित सहरका रुपमा रहेको इटहरीका कतिपय विद्यार्थीहरुले आफुहरुले यस्ता पुराना सामाग्रीहरु पहिलो पटक देखेको भन्दै आश्यर्च मान्ने गरेको आयोजक संस्थाका अध्यक्ष टंक दहालले जानकारी दिए । उनले पुराना पुस्ताले प्रयोग गर्ने सामाग्रीका विषयमा नयाँ पुस्तालाई जानकारी दिने उदेश्यले राखिएको प्रर्दशनीमा इटहरीका पशुपति वोडिगं स्कुल ,लिटिलफ्लाउस वोडिगं स्कुल ,ब्राइट फ्युचर वोडिगं स्कुलका साथै विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरु आइसकेको अन्य इटहरी वाहिरका विद्यालयका विद्यार्थीहरु समेत आउने भएकाले समय वढाउन लागेको वताए । संस्थागत विद्यालयहरुको छाता संस्था प्याव्सन सुनसरीका अध्यक्ष सुमित थापाले पुराना चालचलनको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने कार्य प्रशंसा योग्य भएको वताए । यो प्रर्दशनीमा शुक्रवार सम्ममा एक हजार बढी विद्यार्थीहरुले अवलोकन तथा आफैले प्रयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया