दुहवी, सुनसरी/ फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिकोत्सव समारोह जेष्ठ ३ गते दुहबी,सुनसरीको दिनेश स्मृतिभवनमा सम्पन्नभएको छ ।
उक्त साधारण सभाको उद्घाटन सभाकाप्रमुखअतिथि राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी तथाकार्यक्रमकाअध्यक्षभगबतीचौधरीले गर्नुभएको थियो । डेपुटी गर्भनर शिवाकोटीले विपन्न परिवारकादुई लाखभन्दा बढी नेपालीमहिलाहरुलाई सङ्गठित गर्दै लघुवित्त कार्यक्रमका माध्यमबाट उनीहरुको जीवन स्तर उकास्न योगदानदिने यस संस्थाका संस्थापकअध्यक्षभगवतीचौधरी लगायतवहाँको कामगर्ने सम्पूर्ण टीमहरुलाई सधन्यवाददिनुभएकोे थियो । साथै उहाँले वित्तीय संस्थाको पाँचौ बार्षिकोत्सव समारोहको सफलताको कामनागर्नुभएको थियो । सो अवसरमा सभामा फरवार्डलाई फुटवल खेलसँगतुलनागर्दै जसरी खेलमा फरवार्डको भूमिकामा खेल्ने खेलाडीको गोल गर्ने अहमभूमिका रहन्छ त्यसरी यो फरवार्ड माइक्रोफाइनान्सले पनी समाजमाआर्थिक विकास, शिक्षमापहँुच, लगायतका सामाजिककाममाउल्लेखनियभूमिकानिर्वाह गरको भन्दै सभामागर्भनर शिवाकोटी वित्तीय संस्थालाई खुलेर धन्यवाददिएकाथिए । साथै समाज र परिवारको विकासकालागी समाजमाहुने फजुलखर्चलाई कटौतीगर्दै वचतको माध्यमवाट आफूलाई आर्थिक विकास गर्न सकिने भन्दै सम्पूर्णले अनिवार्य बैंकमाखाता सञ्चालनगर्न आग्रह गरेको थिए ।
सभामाबोल्दै वित्तीय संस्थाकाअध्यक्षभगवतीचौधरीले गैर सरकारी संस्थाको रुपमा२०५२ सालमादर्ता भएको ग्रामीण महिलाउत्सुकताविकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीयमध्यस्थताकर्ता अनुमतिलिई सञ्चालन गरेको लघुवित्त कार्यक्रमलाई यस वित्तीय संस्थाले अघि बढाएको जानकारी दिनुभएको थियो । उहाँले लघुवित्त संस्थाले व्यावसायिकमर्यादाका साथै सामाजिकउत्तरदायित्वनिर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालकाविपन्न परिवारको जीवनस्तर माथिउकास्नक्रियाशील रहेको जानकारी गराउनु भएको थियो । यस वित्तीय संस्थालाई यस अवस्थामाल्याइपु¥याउन सहयोग गर्ने ग्रामीण महिलाउत्सुकताविकास मञ्चकापदाधिकारी, एभरेष्ट बैंक लि., लगायत बैंक तथावित्तीय संस्थाहरु, तथा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई आभार व्यक्तगर्नुभएको थियो ।
कार्यक्रमकाअवसरमाप्रदेश नं. १काप्रदेश सभा सदस्यमाननियप्रदेश साँसदअगमलालचौधरी, माननियसाँसदलिलम बस्नेत, माननिय साँसदनबोदिताचौधरी, दुहवीनगरपालिकाकाप्रमुख बेद नारायण गच्छदार लगायतकालाई मायाको चिनो सहित सम्मानपत्र र दोसल्लाले सम्मानतथाकदर गर्नु भएको थियो । यसै अवसरमा यस वित्तीय संस्थामा एक कार्यकाल पुरा गर्ने सञ्चालकहरुलाई समेत प्रमाण पत्र सहित दोसल्लाले स्वागतएवम् धन्यवाददिएकाथिए ।
उक्तबार्षिकोत्सवकार्यक्रममाबित्तीय संस्थामामूल्याङ्कनकाआधारमाउत्कृष्ट रुपमाकामगर्ने ३ वटा शाखाकार्यालय र २७जनाकर्मचारीलाई पुरस्कृत गरिएकाथिएभने बचत गर्ने तथा ऋण परिचानउत्कृष्ट ५ जनाग्राहक सदस्य र ३१२ वटा केन्द्रहरुलाई पुरस्कतगर्दै ७लाख राशीको पुरस्कार वितरण गरेकाथिए ।
सभामा स्वागतमन्तव्यका साथै वित्तीय संस्थाको वर्तमानअवस्थाकाबारेमाजानकारी दिँदै प्रमुखकार्यकारी अधिकृत श्री आशनारायण चौधरीलेवित्तीय संस्थाले २०७४ पुस मसान्तसम्म ३५ जिल्लाका १०७शाखाकार्यालयमार्फत् २लाख२६हजार ग्राहक सदस्यहरुलाई लघुवित्त सेवाप्रदान गरेको बताउनु भएको थियो । त्यसै गरी हालसम्म १ लाख ४२हजार ऋणी ग्राहक सदस्यसँगरु. ७अर्ब ५५ करोडलगानीमा रहेको जानकारी गराउनुभएको थियो । त्यसै गरी वित्तीय संस्थाले ग्राहक सदस्यहरुबाट रु.३ अर्ब ३७ करोड बचत सङ्कलन गरेको जानकारी गराउनु भएको थियो ।
प्रमुखकायृकारी अधिकृत चौधरीले विभिन्न पक्षहरुवाट आउको सल्लाह र सुझावहरको क्रमशः सुधार गर्दै जानुका साथै कर्मचारीहरुलाई २०७५ साल बैसाखवाट सुत्केरी स्याहार वापतमासिक ५ सयका दरले १ वर्ष सम्मभक्ता स्वरुपउपलव्ध गराई तथा नेपाल सरकारको शैक्षिकभर्ना कार्यक्रमअन्र्गत यस बर्ष ११ जनादलित समुदाकाबालवालिकाहरुलाईअभिभावकत्व ग्रहण गर्दै त्यसकालागी शैक्षिक सामग्री, पोषाकलगायतका सहयोग उपलव्धगर्ने घोषनागर्नु भयो ।
उक्तसमारोहमाजिल्ला समन्वय समिति सुनसरीकाउपप्रमुख कृष्ण कुमारी बि.क., राष्ट्रिय बाणिज्य बैंक दुहवीकाप्रवन्धक सुमन आचायले शुभकामनामन्तव्यव्यक्तगर्दै संस्थाले आर्थिक रुपले महिलाहरुलाई सशक्तबनाउने अभियानमा सफलतामिलोस् भन्ने शुभकामनाव्यक्तगर्नुभएको थियो ।
सभामाएभरेष्ट बैैँककातर्फबाट सञ्चालककेशवराजपौडलले मन्तव्यव्यक्तगर्दै यस वित्तीय संस्थाको १८ बर्ष देखीको सम्वन्ध स्मरण गर्दै यस किसिमको सम्वन्धआगामीदिनमाअझ सबल र सक्षमबनाउनलागिपर्ने प्रतिबद्धता व्यक्तगर्नुभएको थियो ।
कार्यक्रममा सुनसरी प्रहरी प्रमुखतथाप्रहरी उपरिक्षक राजनअधिकारी, वित्तीय संस्थाकाकम्पनी सचिव कृष्णप्रसाद भट्टराई तथावरिष्ठ प्रबन्धक हिरा थन्दारबाट सञ्चालित सभामा ग्रामीण लघुवित्त विकास केन्द्रकागोविन्दपौडेल, ग्रामीण महिलाउत्सुकताविकास मञ्चकामहासचिवकलावतीचौधरी, सचिवललिताचौधरी, कोषाध्यक्ष राजकुमारी तबदार लगायततीन सय भन्दा बढीको उपस्थिति रहेको थियो ।
फोटोहरु

तपाईको प्रतिक्रिया