एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भएको खुशियाली इटहरीमा पनि मनाइएको छ । दुई कम्युनिष्ट पार्टी एक भएको अवसरमा इटहरीमा भेला भएका नेता तथा कार्यकर्ताहरुले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरि खुशियाली मनाएका हुन ।

वाईसियल इटहरी नगर समिति, अनेरास्ववियु सुनसरी र एमाले इटहरी नगर समितिले संयुक्त आयोजनामा इटहरी चौकमा खुशियाली मनाएका हुन । पार्टी एकताले कम्युनिष्टहरुलाई एक ठाँउमा ल्याएको र अब देशको समृद्धिमा नेपाल कम्युनिष्ट पार्टी लाग्ने नेताहरुले बताएका छन ।

(भिडियो )

तपाईको प्रतिक्रिया