इटहरी । प्लाष्टिक जन्य नकुहिने फोहोरले कृषि क्षेत्रमा पार्दै आएको असरलाई मध्यनजर गर्दै उचित व्यवस्थापन गर्नु पर्ने माग राख्दै आएको नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले सचेतना अभियानलाई निरन्तरता दिदै आएको छ ।
कृषि क्षेत्रलाई नकुहिने प्लाष्टिक जन्य फोहोरले पार्ने असरका विषयका सचेतना अभियान सञ्चालन गर्दै आएको नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले सुनसरीको बक्लौरीमा कृषि क्षेत्रमा परिरहेको असरका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । वढ्दो प्लाष्टिकको प्रयोगका कारण उत्पादन हुने प्लाष्टिक जन्य फोहोरले कसरी किसानका खेत,बारी सम्ममा पुग्छन भन्ने विषयमा बक्लौरीमा रहेको पञ्चायत आधारभुत विद्यालयमा मोर्चाका संयोजक पुष्प प्याकुरेलले प्रस्तुत गरेका थिए । प्लाष्टिक जन्य फोहोर मैला व्यवस्थापन राम्ररी नहुँदा कृषि क्षेत्रमा भई रहेको असरका विषयमा जानकारी गराउदा विद्यार्थीहरु मार्फत प्लाष्टिक जन्य फोहोर व्यवस्थापनका विषयमा परिवार तथा समाजमा सही सुचना पुग्ने विश्वासले विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको सो अवसरमा संयोजक प्याकुरेले वताए ।
कार्यक्रमका वक्ताहरुले इटहरी र धरान उपमहानगरपालिकाले चारकोसे जगंल क्षेत्रमा फ्याकेको फोहोरहरु सेउती खोला हुदै बक्लौरीका खेती योग्य जमिनहरुमा फैलिएर खनजोत गर्न पनी समस्या पार्ने देखि लिएर जमिनको उर्भरा शक्ति समेत हस गराउदै आएको गुनासो गरे । प्लाष्टिक जन्य फोहोरको उचित व्यवस्थापन नहुदा कृषि क्षेत्रको उत्पादनमा हस ल्याई रहेको विषयमा रामधुनी नगरपालिका वडा नम्वर ६का वडाध्यक्ष हेमनारायण राजधामी , पत्रकार याम प्रधान, गयाराम राजधामी, हरिदेव ठाकुर , अन्तराम चौधरी लगायतले वोलेका थिए ।

तपाईको प्रतिक्रिया