इटहरी । सुनसरीको इटहरीमा रहेको सिटी वचत तथा ऋण सहकारी संस्थाले १७औं बार्षिक उत्सवको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन ।
इटहरीको रेयुकाई चौतारीमा आयोजित रक्तदान कार्यक्रममा ७७ जना महिला, पुरुषहरुले रक्तदान गरेका हुन । प्रत्येक वर्षझै बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको रक्तदान कार्यक्रमका संयोजक विष्णु शर्मा नेपालले जानकारी दिइन ।
सहकारीका अध्यक्ष चन्दजगं कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका सभापती विमल पौडेलले इटहरी क्षेत्रमा रहेको संघ संस्थाहरुले रगत संकलनमा ठुलो योगदान गर्दै आएको वताए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानका प्राविधिकहरु आमोदकुमार यादव , सोमनाथ भण्डारी,मणीराम लिम्बु लगायतले प्राविधिक सहयोग पुर्याएका थिए ।

तपाईको प्रतिक्रिया