इटहरी । रोटरी क्लव अफ इटहरीले आफनो स्थापनाको २१औं दिवसको अवसर पारेर इटहरी १३ खनारमा रहेको एक विद्यालयलाई खानेपानीको व्यवस्था गरिदिएको छ । खनारमा रहेको मदनआश्रीत आधारभुत विद्यालयलाई रोटरी क्लव अफ इटहरीले दुई टेंकी सहित ८वटा धारा जडान गरि दिएको हो । धारा जडान गरी हस्तान्तण गर्न आयोजित कार्यक्रममा रोटरी क्लव अफ इटहरीका अध्यक्ष दिपेन्द्र गौतमले समय समयमा मदनआश्रीत विद्यालयलाई सहयोग गर्दै आएको वमोजिम यस पटक शुद्ध खानेपानी र शौचालय गइएर आएपछि हात धुन पानीको व्यवस्था गरिएको जानकारी दिए । पानीका लागि पानी तान्ने मोटर समेत व्यवस्था गरिदिएको उनले जानकारी दिए । रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद धितालले यस अघि पनि सो विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी पंखा उपलव्ध गराएको वताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पोखरेल र प्रधानाध्यापक मिथिला शर्माले विद्यालयको भौतिक सुधारमा रोटरी क्लवले पुर्याएको योगदानको प्रषंशा गरे । कार्यक्रममा रोटरीयन अनन्त विष्ट, विजु श्रेष्ठ, माधव न्यौपान ,संजिव गौतम लगायतको उपस्थिती रहेको थियो । सो विद्यालयमा एक सय दस जना विद्यार्थी रहेका छन ।

तपाईको प्रतिक्रिया