ईटहरी/सुनसरीको ईटहरीमा खुल्ला दिसा मुक्त अभियानको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरसफाईको महत्व र खुल्ला दिसा मुक्त क्षेत्र अभियानका विषयमा अन्तरक्रिया गरिएको थियो । खानेपानी तथा सरसफाई विभागका उप–महानिर्देशक मनोज घिमिरेले समुदाय र समाज अनि देशको सम्यता न्यहाँको सरसफाईसँग पत्यक्ष सम्वन्ध राख्ने सूचकसँग स्रम्वन्धित हुने भएकाले सफाई नै मानव सम्यताको पहिचान भएको कुरामा जोड दिनुभएको छ ।
नेपाललाई नै पूर्ण खुल्ला दिसा मुक्त अर्थात सरसफाईका दृष्टिकोणले समुन्नत देश घोषणा गर्ने सरकारी प्रतिबद्धतामा विविध कारणले केही ढिला हुन गएको भए पनि अव सवै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आई सकेकाले कार्य सम्पादनमा चुस्तता आउने विश्वास समेत उप महानिर्देशक घिमिरेले ब्यक्त गर्नुभयो ।
सुनसरीको साविक गा.वि.स.डुमरहा, नस्रिङ, महेन्द्रनगर र छिटहा खुला दिसा मुक्त छेत्र घोषण गर्न बाकीँ रहेको युएन ह्याबिटेटका शेखर कार्कीले बताए । अबको १५–२० दिन भित्रमा सुनसरीलाई खुल्ला दिसा मुक्त छेत्र घोषणा गर्ने योजना रहेको पनि उनले बताए ।
देशभरका प्रदेश ३ प्रदेश खुल्ला दिसा मुक्त छेत्र घोषण भईसकेको इन्जिनिएर .देवेन्द्र झाले बताए । प्रदेश नं. ३,४,७ पुर्ण रुपमा खुल्ला दिसा मुक्त छेत्र घोषण भईसकेको र सिराहा जिल्ला घोषणको अन्तिम चरणमा रहेको उनले बताए । साथै उनका अनुसार सुनसरीका कुल ९९३,७३७ घर मध्ये ९,४५,६८१मा चर्पी बनिसकेको र ४८,०५६मा चर्पी बन्न बाकीँ रहेको बताए ।
जिल्ला समन्वय समितिको उपाध्यक्ष कृष्णकुमारी विश्वकर्माको अध्यक्षतामा भएको उक्त लेखाजोखा कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी राष्ट्रिय सरसफाई स्वच्छता समन्वय समितिका सचिव देवेन्द्र झा लगायतले सुनसरी जिल्लाको बर्तमान अवस्था र तत्काल सुधारमा लाग्नु पर्ने सूचकहरुका विषयमा प्रकाश पार्नुभएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय ईटहरीको कार्यलयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा भोक्राहा नरसिँह गाउपालिकाका अधिकृत शिवराज दाहाल महेन्द्रनगरकी देवकुमारी दाहाल र छिटाहाका टुनालाल चौधरी लगायत सुनसरी जिल्लाका विभिन्न नगरपालिका तथा गाँउपालिका जनप्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया