विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनमशाक्य हत्याको आरोपमा पक्राउ गरीएको ३० जनाको बिषयमा मोरङमा अदालतमा आरोपि पक्षका कानुन व्यवसायीहरुले आज बहस शुरु गरेका छन । आजको थुनछेक बहसमा आरोपि पक्षका वरिष्ठ अधिवक्ता संभु थापा, रमन श्रेष्ठ, यदुनाथ खनाल राजु बस्नेतले आईतबार बहस सककेका छन । श्रेष्ठ पुर्व महान्याधिवक्ता समेत हुन । बिहिबार र शुक्रबार सरकारी वकिलहरुको बहस सकिई सकेको छ ।

बिहीबारबाट मोरङ अदालतमा थुनछेक बहस सुरु भएको हो । मोरङ उर्लाबारीका समन शाक्य हत्यासँग जोडिएको साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुद्दा दायर गरिएकाहरुमध्ये ३० जना प्रहरी हिरासतमा छन् । ३३ जना अझै फरार छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उक्त मुद्धाको बिषयमा बहस भईरहेको छ । आरोपितलाई थुनामा राखेर सुनवाई गर्ने वा धरौटी अथवा तारेखमा राखेर गर्ने विषयमा थुन छेक बहस भएको हो । प्रतिवादीको तर्फबाट ७९ जना वलिकलले बहस गर्न वकालतनामा दर्ता गराएकाले उक्त मुद्धाको थुन छेक बहस अभै हप्तादिन सम्म चल्न सक्ने

कानुन व्यवसायी हेमराज पन्तले बताए । १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिव ३८ टन) अबैध रुपमा सुन आयात गरिएको दाबीसहित मुद्धा दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया